एनआईबीएल सहभागिता फन्डद्वारा लाभांश घोषणा
काठमाडौं । एनआईबीएल सहभागिता फन्डले लाभांश घोषणा गरेको छ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना एनआईबीएल सहभागिता फन्डले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाइधनीलाई लाभांश वितरणको घोषणा गरेको हो ।
फन्डले इकाइधनीलाई आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । सो प्रयोजनार्थ फन्डले साउन ११ गते नै इकाइधनी दर्ता किताब बन्द (बुक क्लोज) गरेको छ । सोही आधारमा उक्त मितिसम्म कायम रहेका इकाइधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
यो एक खुलामुखी योजना भएकाले यस योजनाका इकाइधनीले आफूले प्राप्त गर्ने लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत उक्त रकमले हुन आउने थप इकाइहरू खरिद गर्न सक्ने समेत सुविधा रहेको फण्डले जानकारी दिएको छ । यो योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेको योग्य इकाइधनीको खातामा यथाशीघ्र इकाइहरू पठाइने योजना व्यवस्थापकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया