Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमाज लघुवित्तद्वारा साधारणसभा आह्वान

समाज लघुवित्तद्वारा साधारणसभा आह्वान


काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही साउन ३१ गते आफ्नो पाँचौँ वार्षिक साधारण गर्न लागेको हो । सभामार्फत संस्थाले हाल कायम चुक्ता पुँजी दुई करोड रुपैयाँको १४ दशमलव २५ प्रतिशतले हुन आउने २८ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशतले हुन आउने एक लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

यसबाहेक कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि पारित गर्ने तयारी गरेको संस्थाले जनाएको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि संस्थाको यही साउन २१ गतेदेखि ३१ गतेसम्म संस्थाको सेयर दाखिला तथा खारेजी बन्द हुने बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया