सामुदायिक लघुवित्तको खुद नाफा घट्यो
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा घटेको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० मा चार लाख एक हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन करोड एक लाख २३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ करोड ५२ लाख रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा ५५ करोड ९३ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २१ करोड ८५ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ३६ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ८० लाख ४४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात नौ दशमलव शून्य पाँच प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ५७ करोड ६५ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५९ करोड ७० लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ७१ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५० लाख ९३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात पाँच दशमलव शून्य छ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया