Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षापोखरा विश्वविद्यालयको कार्यक्रम

पोखरा विश्वविद्यालयको कार्यक्रम


काठमाडौं । पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले काठमाडौंमा इन्जिनियरिङ अध्ययनका अवसरसम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ । पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनका अवसरबारे आयोजना गरिएको सोमबारको कार्यक्रम कक्षा १२ को अध्ययन सकेर बसेका विद्यार्थीको लागि लक्षित थियो ।

कक्षा १२ को अध्ययन सकेर इन्जिनियरिङ विषय पढ्ने तयारी गरेर बसेका विद्यार्थीलाई उक्त विषयबारे थप जानकारी दिन कार्यक्रम आयोजना गरिएको पोखरा विश्वविद्यालयले जनाएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा हालैमात्र अमेरिकाको हावर्ड विश्वविद्यालयबाट अर्वन प्लानिङमा स्नातकोत्तर गरेर आएकी मिस नेपाल २०१८ तथा आर्किटेक्ट शृङ्खला खतिवडाको उपस्थिति थियो । उनले आफ्नो अनुभवका साथै विश्वभर इन्जिनियरिङ अध्ययनको अवस्था, यसबाट प्राप्त हुने अवसर र यस क्षेत्रका चुनौतीको बारेमा बताएकी थिइन् । स्नातकोत्तर गरेलगत्तै नेपाल फर्किएकी खतिवडाले भविष्यका इन्जिनियर बन्न चाहनेलाई नेपालमै सम्भावना रहेको उल्लेख गरिन् ।

साथै, देशका लागि केही गर्न चाहने र देशमा उत्पन्न विभिन्न समस्याहरू समाधान गर्न चाहनेका लागि इन्जिनियरिङ विषय उत्कृष्ट रहेको नेपाल इन्जिनियरिङ कलेजका प्रिन्सिपल डा हरिकृष्ण श्रेष्ठले बताए । उनले इन्जिनियरिङमा नेपाल र अमेरिकाको पाठ्यक्रम उस्तैउस्तै रहेको समेत बताए ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया