वृज सिमेन्टद्वारा पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । साउनको अन्तिम सोमबार पशुपतिनाथमा दर्शन गर्न आएका भक्तजनहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको कम्पनीले जनाएको छ ।
स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचाप र मधुमेहको समेत परीक्षण गरिएको थियो । सो शिविरमा करिब १५ सय धर्मावलम्बीले स्वास्थ्य परीक्षण गराएका थिए । यस्तै, कम्पनीले सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न आठ स्थानमा बोलबमका भतmजनलाई निः शुल्क खानेपानी, फलफूल, जुसलगायतका सेवा पनि प्रदान गरेको जनाएको छ । लायन्स एन्ड लियो क्लब अफ काठमाडौं चाबहिल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो । विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनलाई एक सय १५ जना स्वयम्सेवकले आठ स्थानमा सेवा प्रदान गरेका थिए ।
साउनको सोमबार देशभर महादेवको विभिन्न मन्दिरमा पूजाअर्चना गरिन्छ । सोमबार विशेषरूपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशीलगायत देशभरका विभिन्न स्थानमा पूजाअर्चना गरिन्छ । वृज सिमेन्टको यो कार्य आफ्नो कम्पनीको वार्षिक कार्यक्रमअन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
- प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
- ‘कर्मचारी दर्पण’ लोकार्पण
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
- मिथिला थालीमा रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया