Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगोर्खाज फाइनान्सको खुद मुनाफा १५ करोड ६७ लाख

गोर्खाज फाइनान्सको खुद मुनाफा १५ करोड ६७ लाख


काठमाडौं । गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०७९/८० मा १५ करोड ६७ लाख ६१ हजार ९७रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने फाइनान्सको नाफा ३५ करोड १२ हजार तीन सय ९० रुपैयाँले ऋणात्मक रहेको थियो ।

हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले आव २०७९/८० मा सात अर्ब ७२ करोड ८४ लाख ४९ हजार तीन सय ९० रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४९ करोड ४० लाख ११ हजार पाँच सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३६ करोड ६१ लाख ३९ हजार सात सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १० दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ४३ करोड ३५ लाख ९८ हजार नौ सय ४६ रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्प्रेडदर चार दशमलव ५७ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा फाइनान्सले सात अर्ब ५४ करोड सात लाख ४९ हजार तीन सय १८ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३९ करोड ३६ लाख ७३ हजार आठ सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ३३ लाख ४५ हजार दुई सय २९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा वितरणयोग्य नाफा ३६ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्पे्रडदर चार दशमलव ८६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया