Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेटलाइफद्वारा इनोभेसन ल्याब विकासका लागि सहयोग

मेटलाइफद्वारा इनोभेसन ल्याब विकासका लागि सहयोग


काठमाडौं । मेटलाइफ इन्स्योरेन्सले ललितपुरमा बालबालिकाका लागि इनोभेसन ल्याब विकासका लागि सहयोग गरेको छ । नवप्रवर्तनलाई बढावा दिन र बालबालिकाको बुद्धिको विकास गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा, मेटलाइफ नेपालले मेकिङ स्पेस स्थापना गर्न श्री सिद्धि मंगल माध्यमिक विद्यालयलाई सहयोग गर्न कारखाना समूहसँग साझेदारी गरेको कम्पनीले जानकारी दिएको छ । यस पहलले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, र गणित (स्टिम) क्लब स्थापना गर्ने र विद्यार्थीलाई मेकिङ स्पेसभित्र विभिन्न डिजाइन सोच विचारहरू अन्वेषण गर्न, सिक्न र कार्यान्वयन गर्न अनुकूल वातावरण प्रदान गरेर सशक्त बनाउने लक्ष्य राखेको छ ।

ह्यान्ड्स अन सिकाइ, रचनात्मकता र समस्या समाधान गर्ने सीपहरू प्रवद्र्धन गर्दै, मेकिङ स्पेस आधुनिक शिक्षाको पहिचान बनेको छ । यी सहयोगी ठाउँहरू उपकरणहरू, सामग्रीहरू, र प्रविधिहरूको एर्रेसँग सुसज्जित छन् । जसले विद्यार्थीलाई उनीहरूको विचार जीवनमा ल्याउन सक्षम बनाउँछ र नवीनताको संस्कृतिलाई प्रेरणा दिने मेटलाइफको विश्वास छ । श्री सिद्धि मंगल माध्यमिक विद्यालयमा मेकिङ स्पेसको सेटअपमार्फत मेटलाइफले शिक्षक र बालबालिका दुवैलाई सैद्धान्तिक ज्ञान र आवश्यक उपकरणको उपलब्धताको साथ व्यावहारिक प्रयोगको बीचको खाडललाई कम गर्ने अवसर प्रदान गर्ने प्रयास गर्छ । ल्याबले विद्यार्थीलाई सहयोग गर्न, प्रयोग गर्न र वास्तविक–विश्व चुनौतीको समाधानहरू विकास गर्न गतिशील केन्द्रको रूपमा काम गर्नेछ ।

मेटलाइफ नेपालले समाजको समग्र विकासमा योगदान प्रदान गर्ने महत्वलाई मान्यता दिन्छ र शिक्षालाई यो लक्ष्य हासिल गर्ने मुख्य माध्यमको रूपमा हेर्छ । यस पहलअन्तर्गत मेटलाइफले विद्यालयमा मेकिङ स्पेसको विकास गर्न कारखाना समूहलाई चार लाख ७० हजार रुपैयाँको सहयोग प्रदान गरेको छ । शिक्षक र विद्यार्थी दुवैका लागि प्रयोगात्मक सिकाइ कार्यक्रमहरू डिजाइन र कार्यान्वयन गर्न विशेषज्ञ संस्था, कारखाना समूहसँग साझेदारी गरेर, मेटलाइफले प्राविधिक सीपमा निपूर्ण मात्र नभएर जटिल समस्या समाधान गर्न पनि निपूर्ण बाल आविष्कारको पुस्ता र एक रचनात्मक मानसिकता सिर्जना गर्न चाहन्छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने ‘यस पहलमार्फत हामीले नवप्रवर्तनको बीउ छरिरहेका छौँ, जिज्ञासा र अन्वेषणको संस्कृतिको विकास गर्दैछौं जसले नेपालको शैक्षिक परिदृश्यमा निःसन्देह प्रभाव पार्नेछ । विद्यार्थीलाई सीप र आत्मविश्वासले उनीका विचारलाई जीवन्त बनाउनको लागि सुसज्जित गरेर हामी राष्ट्रको उज्ज्वल भविष्यको विकास गर्दैछौँ ।’


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया