टेलिकमको नाफामा आठ प्रतिशतले कमी
काठमाडौं । नेपाल टेलिकमको खुद नाफामा करिब आठ प्रतिशतले कमी आएको छ । टेलिकमले सार्वजनिक गरेको आव २०७९/८० को चौथो त्रैमासिकको वित्तीय विवरणअनुसार सात दशमलव ८६ प्रतिशतले खुद नाफामा कमी आएको हो ।
कम्पनीले आव आव २०७९/८० को असार मसान्तसम्म आठ अर्ब ८० करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा आठ अर्ब ४७ करोड सात लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो । यस्तै, कम्पनीको कुल आयमा भने थोरै वृद्धि भएको छ । कम्पनीले गत आवमा ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ४४ अर्व ३७ करोड ४६ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको थियो । कुल आम्दानीमा भने ४९ करोड ३६ लाख १६ हजार रुपैयाँ वृद्धि भएको कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालन आय पनि घटेको छ । आव २०७८÷७९ मा कम्पनीको कुल सञ्चालन आय ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रहेकोमा गत आवमा ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रुपैयाँ मात्रै रहेको छ । कम्पनीको कुल सञ्चालन आयमा एक अर्ब ११ करोड ५८ लाख ५८ हजार रुपैयाँले कमी आएको हो । कम्पनीको प्रतिसेयर आम्दानी भने ४३ रुपैयाँ ३६ पैसा रहेको छ ।
कम्पनीका अनुसार रोमिङ सेवाको बढ्दो प्रयोग, बैंक ब्याजदरमा भएको परिवर्तन, बिदेशी विनिमय दरमा भएको परिवर्तनको कारण कुल आयमा वृद्धि भएको छ । यद्यपि घरेलु अन्तरआबद्धता शुल्कमा भएको परिमार्जन, फोरजी सेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि भएको र सस्तो दरका डाटा प्याकेजहरू बढ्दै गएको कारण ओटीटी सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्तरआबद्धता आयमा कमी, आर्थिक ऐन २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनलगायतका कारण सञ्चालन आयमा भने कमी आएको छ ।
कोभिडका कारण विगत केही वर्षदेखि सञ्चालन हुन नसकेको क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन हुनु र कर्मचारीको तलबमा भएको वृद्धि, कर्मचारीसँग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि, विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवम् नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षतिलगायतका कारण मुनाफामा कमी देखिएको कम्पनीले जनाएको छ ।
‘राष्ट्रको सञ्चार’ भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको कम्पनीले उल्लेख गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया