Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्थतन्त्रबारे पश्चिमाको टिप्पणी गलत हुने चीनको दाबी

अर्थतन्त्रबारे पश्चिमाको टिप्पणी गलत हुने चीनको दाबी


चीन । चीनले आफ्नो आर्थतन्त्रमा केही समस्या देखिए पनि पश्चिमा मुलुकहरुले भनेजस्तो नभएको टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा पश्चिमा आलोचकहरु गलत साबित हुने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ पछि चीनको अर्थतन्त्र अस्त व्यस्त भएको र आर्थिक समस्याले चीनलाई ‘टाइम बम’ विस्फोट भन्दा पहिलाको अवस्थामा पु¥याएको बताएपछि चीनको यस्तो भनाइ आएको हो ।

प्रवक्ता वाङ्ले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि अपनाइएको बन्दाबन्दीपछि चीनको आर्थिक पुनःउत्थान कष्टकर प्रक्रिया भएको र केही कठिनाइ तथा समस्याको सामना गरेको भने स्वीकार गरेका छन् । उनले पश्चिमी राजनीतिज्ञ र सञ्चारमाध्यमले चीनको आर्थिक पुनरुत्थानमा आवधिक समस्या छ भनेर प्रचार गरेको तर त्यो गलत साबित हुने बताएका छन् ।

चीनको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार खुद्रा बिक्रीको वृद्धि जुनमा तीन दशमलव १० प्रतिशत रहेकामा जुलाईमा दुई दशमलव ५० प्रतिशतमा झरेको छ । कार्यालयले श्रम शक्ति सर्वेक्षणको तथ्यांकमा थप सुधार र अनुकूलनको आवश्यकता रहेको औँल्याएको छ । यस्तै अब अब उमेर–विशिष्ट बेरोजगारी तथ्यांक जारी नगर्ने पनि विभागले बताएको छ । यसपछि चीनमा बढ्दो युवा बेरोजगारीको तथ्यांक लुकाउन खोजिएको भनेर आलोचना भइराखेको छ ।

चीनको स्टेट काउन्सिलले गत महिना उपभोग बढाउने उद्देश्यले सवारीसाधन, पर्यटन, घरेलु उपकरणलगायतका क्षेत्रमा अधिक खर्च गर्ने प्रोत्साहन गर्न २० सुत्रीय योजना अगाडि सारेको थियो । चीनले आफ्नो आर्थतन्त्रमा केही समस्या देखिए पनि पश्चिमा मुलुकहरुले भनेजस्तो नभएको टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा पश्चिमा आलोचकहरु गलत साबित हुने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ पछि चीनको अर्थतन्त्र अस्त व्यस्त भएको र आर्थिक समस्याले चीनलाई ‘टाइम बम’ विस्फोट भन्दा पहिलाको अवस्थामा पु¥याएको बताएपछि चीनको यस्तो भनाइ आएको हो ।

प्रवक्ता वाङ्ले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि अपनाइएको बन्दाबन्दीपछि चीनको आर्थिक पुनःउत्थान कष्टकर प्रक्रिया भएको र केही कठिनाइ तथा समस्याको सामना गरेको भने स्वीकार गरेका छन् । उनले पश्चिमी राजनीतिज्ञ र सञ्चारमाध्यमले चीनको आर्थिक पुनरुत्थानमा आवधिक समस्या छ भनेर प्रचार गरेको तर त्यो गलत साबित हुने बताएका छन् ।

चीनको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार खुद्रा बिक्रीको वृद्धि जुनमा तीन दशमलव १० प्रतिशत रहेकामा जुलाईमा दुई दशमलव ५० प्रतिशतमा झरेको छ । कार्यालयले श्रम शक्ति सर्वेक्षणको तथ्यांकमा थप सुधार र अनुकूलनको आवश्यकता रहेको औँल्याएको छ । यस्तै अब अब उमेर–विशिष्ट बेरोजगारी तथ्यांक जारी नगर्ने पनि विभागले बताएको छ । यसपछि चीनमा बढ्दो युवा बेरोजगारीको तथ्यांक लुकाउन खोजिएको भनेर आलोचना भइराखेको छ ।

चीनको स्टेट काउन्सिलले गत महिना उपभोग बढाउने उद्देश्यले सवारीसाधन, पर्यटन, घरेलु उपकरणलगायतका क्षेत्रमा अधिक खर्च गर्ने प्रोत्साहन गर्न २० सुत्रीय योजना अगाडि सारेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया