नेदरल्यान्डको अर्थतन्त्र मन्दी उन्मुख
नेदरल्यान्ड । नेदरल्यान्डको अर्थतन्त्र मन्दीमा प्रवेश गरेको छ । दोस्रो त्रैमासिक रिपोर्टको आधारमा डच अर्थतन्त्र शून्य दशमलव तीन प्रतिशतले संकुचित भएको छ । जुन कोभिड–१९ पछि पहिलो मन्दी हो र वर्षको पहिलो चीन महिनामा शून्य दशमलव चार प्रतिशत संकुचन पछ्याउँछ । डच अर्थतन्त्र युरोजोनको पाँचौँ ठूलो अर्थतन्त्र हो । उपभोक्ता खर्च र निर्यातमा आएको गिरावटले नेदरल्यान्डको अर्थतन्त्र मन्दीमा गएको हो ।
नेदरल्यान्डको उपभोक्ता खर्च एक दशमलव ६० प्रतिशतले घटेको छ । यो तथ्यांक वर्षको पहिलो तीन महिनाको तुलनामा शून्य दशमलव ७० प्रतिशतले कम हो । नेदरल्यान्ड्सको मुद्रास्फीति २०२२ सेप्टेम्बरमा १४ दशमलव ५० प्रतिशत पुगेको थियो ।
डच अर्थतन्त्रले उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र युक्रेनमा युद्धका कारण धेरै चुनौतीहरुको सामना गरिरहेको छ । यी चुनौतीहरुले आउँदो महिनाहरुमा अर्थतन्त्रमा दबाब दिइरहने र गहिरो मन्दी आउनसक्ने आकलन गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया