कोरोना नलाग्ने अन्धविश्वासले विषाक्त रक्सी खाँदा सात सयको मृत्यु
तेहरान, वैशाख १८
विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको संख्या सात सयभन्दा बढी पुगेको छ । रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७२८ जनाको मृत्यु भएको हो । गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए । इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो । अल्जरीले संप्रेषण गरेको समाचार अनुसार देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उनीहरुले अत्यधिक मात्रामा रक्सी सेवा गरेका थिए ।
इरान कोरोना भाइरसको संक्रमण फैलिएको हिसावले मध्य पूर्वकै सवैभन्दा बढी प्रभावित देशमा पर्दछ । इरानका स्वास्थ्य मन्त्रायका प्रवक्ता किनौश जाहनपौरले शुरुमा पाँच हजार ११ जनाको विषाक्त रक्सीका कारण मृत्यु भएको र पछि ९० जनाको मृत्यु भएको बताए । पछि मृत्यु भएकाहरुको विषाक्त रक्सीका कारण आखाँ खराब भएर मृत्यु भएको उनले जानकारी दिए । इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ । तर रक्सी सेवनका कारण कोरोनाबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि कैयौ व्यक्तिले त्यही हल्लाका पछि लागेर कडा प्रकारका रक्सीहरु सेवन गरेका थिए ।
विषाक्त रक्सीले सुरुमा मस्तिष्कलाई असर गरेर शरिरका अन्य अंगहरुलाई पनि काम गर्न नसक्ने बनाउने गरेको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छाती दुख्ने, वान्ता हुने, आँखामा समस्या हुनेलगायतका लक्षणहरु देखिने गरेको थियो । इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार ८०६ पुगेको छ भने, ९१ हजारभन्दा बढी संक्रमित भएका छन् । यो संख्या मध्य पूर्वकै सवैभन्दा धेरै भएको जनाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया