प्रधानमन्त्रीलाई पुत्रलाभ
लन्डन, वैशाख १८
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । उहाँकी श्रीमती क्यारी साइमण्डस्ले बुधबार छोरा जन्माउनुभएको जानकारी दिइएको छ । प्रधानमन्त्री जोनसनका प्रवक्ताले बुधबार सो कुराको जानकारी दिनुभएको बेलायती सञ्चारमाध्यमलहरुले जानकारी दिएका छन् ।बुधबार बिहान लन्डन अस्पतालमा प्रधानमन्त्रीलाई पुत्र जन्मिएको प्रवक्ताले जानकारी दिए । उनले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताए ।
प्रधानमन्त्री जोनसन र उहाँकी श्रीमतीले लन्डनमा रहेको नेसनल हेल्थ सर्भिस् अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । प्रधानमन्त्रीलाई पुत्रलाभ भएपछि उहाँलाई बेलायतका नेता, मन्त्री तथा विशिष्ठ व्यक्तिहरुले बधाई दिएका छन् । गत फेब्रुअरी महिनामा मात्र प्रधानमन्त्री जोनसनको जोडीले आफूहरुले नयाँ बच्चा पाउने अपेक्षामा रहेको जानकारी दिएका थिए । प्रधानमन्त्री जोनसन कोरोना भाइरस संक्रमित भएर अस्पतालमा उपचार गराएर फर्किएका थिए । केही दिनको अस्पताल बसाईपछि गत सोमबार मात्र उनी काममा फर्किएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया