काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर दलालसम्बन्धी कारोबार सञ्चालनका लागि अनुमतिपत्रको आशयपत्र (एलओआई) दिएका ४३ कम्पनीमध्ये पछिल्लो पटक थप पाँचवटा कम्पनीलाई धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) को लाइसेन्स दिएको छ । बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार धितोपत्र बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सीमित र पूर्ण कार्य गर्नेगरी थप पाँचवटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।
लाइसेन्स पाउने नयाँ ब्रोकर कम्पनीहरूमा सजिलो ब्रोकर लिमिटेड, रोडसो सेक्युरिटिज लिमिटेड, बेनी सेक्युरिटिज प्रालि, हिमालयन सेक्युरिटिज लिमिटेड र सनी सेक्युरिटिज लिमिडेड छन् । तीमध्ये सजिलो, रोडसो र बेनीले सीमित कार्य गर्नेगरी अनुमति पाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । हिमालयन र सनीले भने पूर्ण कार्य गर्ने धितोपत्र दलाल कम्पनीको रूपमा लाइसेन्स पाएका हुन् ।
बोर्डले २०७९ असोज २ गते ३० दिनको अवधि तोकेर धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन मागेको थियो । त्यसपछि ४५ कम्पनीले आवेदन दिएका थिए । बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पुँजी एक अर्ब ५० करोड तोकेको छ भने पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकेको छ । चुक्ता पुँजी, ब्रोकर कम्पनीको लागि आवश्यक पूर्वाधार, कागजपत्र पुगेका कम्पनीहरूलाई बोर्डले अनुमति दिने गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 7
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया