Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगुरु ट्राभल्सद्वारा ज्येष्ठ नागरिकलाई निःशुल्क भ्रमण

गुरु ट्राभल्सद्वारा ज्येष्ठ नागरिकलाई निःशुल्क भ्रमण


काठमाडौं । गुरु ट्राभल्स लिमिटेड ज्येष्ठ नागरिकलाई निःशुल्क चार नारायण भ्रमण गराएको छ । कम्पनीले प्रथम वार्षिकोत्सवका अवसरमा घोषणा गरेको सेवामुखी योजना परिभ्रमण कार्यक्रमअन्तर्गत ‘बा–आमाका लागि निःशुल्क चार नारायण भ्रमण’ सकाएको हो ।

खुला सार्वजनिक दर्ता विधिबाट नाम दर्ता गराएका ३१ जना ज्येष्ठ नागरिकहरूको सहभागितामा चाँगु नारायण, विशंखु नारायण, शेष नारायण तथा इचंगु नारायणको दर्शन सम्पन्न गरी पुण्यार्जन गर्नुका साथै आशीर्वाद ग्रहण गरेको संस्थाले जनाएको छ । भ्रमणमा काठमाडौंको बल्खुस्थित बयोधा हस्पिटलले स्वास्थ्यपरीक्षण सेवा उपलब्ध गराउन सहकार्य गरेको थियो । गत वर्ष श्रावण महिनामा स्थापित यस संस्थाको प्रधान कार्यालय दरबारमार्गमा रहेको छ । संस्थाले पर्यटनसम्बन्धी विविध सेवाहरू एकै छानामुनि प्रदान गर्ने गरेको छ ।

संस्थाका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले पर्यटन क्षेत्रसँग आबद्ध नेपालकै पहिलो पब्लिक लिमिटेड कम्पनी भएको नाताले पर्यटनसँग समाजका विविध पक्षहरूलाई जोड्ने, शिक्षा तथा संस्कारमा पर्यटनको महत्वलाई स्थापित गर्ने अठोट आफूहरूले लिएको बताए । धरेलले पृथक र नवीन पर्यटकीय गन्तव्य र भ्रमण अनुभवहरूको प्रचारप्रसार गर्दै दिगो सामाजिक आर्थिक रुपान्तरणमा भूमिका खेल्न दत्तचित्त भएर लागिरहने र परिभ्रमण कार्यक्रम त्यसै सामाजिक अभियानको रूपमा रहने र सोही अनुरूप अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्दै जाने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया