Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनर्भिकमा अनुभवी चिकित्सकहरू भित्रिने क्रम बढ्यो

नर्भिकमा अनुभवी चिकित्सकहरू भित्रिने क्रम बढ्यो


काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरू भित्रिएका छन् । एक न्युरोलोजिस्ट, एक न्यूरो सर्जन र अर्का एक कार्डियोलोजिस्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरूलाई भित्र्याएको नर्भिकले जनाएको छ ।

नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरू भित्रिने क्रम बढिरहेको छ । सो क्रममा पछिल्लो समय कन्सल्ट्यान्ट न्युरोलोजिस्ट डा निरञ्जन आचार्य, कन्सल्ट्यान्ट न्युरोसर्जन डा पवनबहादुर भण्डारी र कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट डा पराग कार्की भित्रिएका अस्पतालले जनाएको छ । डा आचार्यले नर्भिकमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान साढे सात बजेदेखि नौ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्नेछन् ।

यस्तै, डा कार्कीको प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान साढे सात बजेदेखि पौने नौसम्म नर्भिकमा ओपीडी हुनेछ भने डा भण्डारी आइतबारदेखि शुक्रबारसम्म बिहान पौने सातदेखि पौने नौ बजेसम्म नर्भिकको ओपीडीमा उपलब्ध हुनेछन् । थप तीन चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया