कांग्रेस नेता पौडेललाई ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’
काठमाडौं, वैशाख १९
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’बाट विभूषित गर्ने भएको छ । बुधबार जापान सरकारले पौडेललाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा वरिष्ठ नेता पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा सो विभूषण प्रदान गर्न लागिएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा ‘जापान–नेपाल फ्रेन्डसिप पार्लमेन्टेरियन कमिटी’ गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न महत्वपूर्ण निर्वाह गरेको दूतावासले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया