Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगललितपुर उद्योग वाणिज्य संघमा उम्मेदवारी घोषणा

ललितपुर उद्योग वाणिज्य संघमा उम्मेदवारी घोषणा


ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अधिवेशनका लागि संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बज्राचार्यले एक कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल वाणिज्य उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

यसैगरी, वर्तमान संस्थागत उपाध्यक्ष तथा ललितपुरका अर्का व्यवसायी वीरेन्द्रलाल श्रेष्ठले बज्राचार्यको समूहबाट संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । संघको आउँदो असोज महिनाको १९ गते ललितपुरको शंखमूलस्थित यल दरबारमा साधारणसभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया