Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयरबजारमा गिरावट

सेयरबजारमा गिरावट


काठमाडौं । सेयरबजार सोमबार दुई हजार विन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक १२ दशमलव ९३ अंकले घटेर एक हजार नौ सय ९८ दशमलव २८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूको वितरणयोग्य मुनाफा घटेको विवरणहरू सार्वजनिक भएपछि बजार प्रभावित भएको थियो । यससँगै अधिकांश बैंकहरूले ब्याजदर बढाएपछि बजारमा थप असर परेको छ ।

यसदिन एक अर्ब ४० करोड रुपैयाँको ४१ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति १९ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण २९ खर्ब ९१ अर्बमा झरेको छ ।

कारोबारमा आएका दुई सय २७ कम्पनीमध्ये एक सय ७१ कम्पनीको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । १३ वटै उपसमूह घटेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह एक दशमलव ४० प्रतिशतले घटेको छ । फाइनान्स, उत्पादन तथा प्रशोधन र व्यापार समूह एक प्रतिशत बढीले घटेका छन् । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूह घटेका छन् ।

बजार घटे पनि लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य सात दशमलव ९९ प्रतिशतले घटेको छ । शिवम् सिमेन्टको सर्वाधिक आठ करोड दुई लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, शेयर बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया