Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्रा अग्नि ग्रुपको तीन दिने अनलाइन फिटनेस कार्यक्रम

महिन्द्रा अग्नि ग्रुपको तीन दिने अनलाइन फिटनेस कार्यक्रम


काठमाडौं, वैशाख १९
अग्नि ग्रुपले अनलाइन सेवामार्फत आजकल मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको छ । जसअन्तर्गत शुक्रबारदेखि आगामी तीन दिन आमनागरिकहरूमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत प्रामाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तर्क्रियात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन कम्पनीले आग्रह गरेको छ । यो कार्यक्रम शुक्रबारदेखि आइतबारसम्म (हरेक दिन ४ बजेदेखि ५ बजेसम्म) सञ्चालन हुनेछ ।

यो प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवनशैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्ने कम्पनीले जनाएको छ । पूर्वमिस नेपाल शृंखला खतिवडाले उक्त कार्यक्रमको सञ्चालन गर्नेछिन् । अग्नी ग्रुपले लकडाउनका समयमा सम्मुख (फ्रन्टलाइन)मा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x