प्रदेशसभा बैठक स्थगित
विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले बुधबार बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र राप्रपाका सांसदहरुले उभिएर विरोध जनाएपछि बैठक स्थगन गरिएको हो ।
बुधबारको प्रदेशसभामा प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ९२ बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ छलफल हुने कार्यसूची रहेको थियो ।
राससका अनुसार बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक केही समय ढिला गरी सञ्चालन हुने क्रममा विरोध सुरु भएपछि सभामुख मन्सुरीले बैठक स्थगन भएको घोषणा गरेका थिए ।
यही भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रिया गैरकानुनी र असंवैधानिक भएको भन्दै एमाले र राप्रपाले विरोध गरेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया