Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनेत्रज्योति संघ र आईकेयर फाउन्डेसनबीच सम्झौता

नेत्रज्योति संघ र आईकेयर फाउन्डेसनबीच सम्झौता


काठमाडौं । नेपाल नेत्रज्योति संघअन्तर्गत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरूको स्तरोन्नतिका लागि नेत्रज्योति संघ र आईकेयर फाउन्डेसनका बीचमा सम्झौता भएको छ ।

नेत्रज्योति भवनमा बुधबार भएको सम्झौतापत्रमा संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र तथा आईकेयर फाउन्डेसनको तर्फबाट फाउन्डेसनका सीईओ वियोन स्टेनभर्स र नेपालका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा संघका उपाध्यक्ष एवम् कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्लले भौगोलिकरूपमा पछाडि परेको कर्णाली प्रदेशका विकट जिल्लाहरूमा आँखा उपचार सेवा विस्तारका लागि सहयोग गरेकोमा आईकेयर फाउन्डेसनलाई धन्यवाद दिए । संघ र आईकेयर फाउन्डेसनका बीचमा विगत ३९ वर्षदेखि नेपाली जनाताहरूलाई सहज तथा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्न निरन्तर सहकार्य भइरहेको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया