Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारअन्तत: दुई हजार १३ बिन्दुमा रोकियो सेयर बजार

अन्तत: दुई हजार १३ बिन्दुमा रोकियो सेयर बजार

३१ अंकले ओरालो लाग्दा एक अर्ब ५५ करोडको सेयर किनबेच


काठमाडौं । अघिल्लो दिन झण्डै ३० अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार दुई हजार १३ दशमलव ९३ बिन्दुमा पुगेर रोकिएको छ ।

कारोबार खुलेको पहिलो केही समय उकालो लागेको बजार परिसुचक अन्तिम समयमा आएर ३१ दशमलव ५२ अंकले ओरालो लागेर दुई हजार १३ बिन्दुमा खुम्चिन पुगेको हो ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज चार दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ८५ दशमलव ५६ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ७५ वटा कम्पनीहरुको ४० हजार आठ सय पटक सेयर किनबेच भएको छ । जसबाट ४६ लाख ५७ हजार एक सय ३७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ५५ करोड पाँच लाख ८२ हजार छ सय ८५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लाग्दा सेयर बजार पुरै रातो देखिएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया