Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्रिक्समा थपिए छ सदस्य

ब्रिक्समा थपिए छ सदस्य


दक्षिण अफ्रिका । उदीयमान राष्ट्रहरुको संगठन ब्रिक्समा छ सदस्य थपिएका छन् । ब्रिक्स मध्यम आय र द्रुत आर्थिक वृद्धि भएका देशहरुको समूह हो । ब्रिक्सको सदस्यमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन् । अगस्ट २२ देखि दक्षिण अफ्रिकाको जोहानेश्वर्गमा भेला भएका ब्रिक्स समूहमा आवद्ध नेताहरुले छ नयाँ सदस्य थप्ने निर्णय गरेका हुन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले नयाँ सदस्य थपिएको घोषणा गरेका हुन् । उनका अनुसार जनवरी १ देखि आबद्ध हुनेगरी गणतन्त्र अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, संघीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स जोडिनेछन् । ती देशहरु ब्रिक्सको पूर्णसदस्य बन्नेछन् । सम्मेलनको आयोजक राष्ट्र दक्षिण अफ्रिकाले यसअघि ४० भन्दा बढी देशले ब्रिक्समा आबद्ध हुन चाहेको बताएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया