Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘औद्योगिक विकासका लागि पूर्वाधार निर्माण आवश्यक’

‘औद्योगिक विकासका लागि पूर्वाधार निर्माण आवश्यक’


विराटनगर । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले औद्योगिक विकासका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताएका छन् । पार्टीसम्बद्ध उद्योग वाणिज्य तथा आपूर्ति विभागद्वारा विराटनगरमा आयोजित कार्यक्रममा उनले पूर्वाधार निर्माणबाट मुलुकमा औद्योगिक उत्पादनमा वृद्धि भई विकासको गतिले तीव्रता लिने बताए । कार्यक्रममा उनले उद्योगीको लगानी संरक्षण, उद्योगको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक सुझाव दिन पनि उद्योगी तथा व्यवसायीलाई आग्रह गरे ।

उद्योगीका समस्या समाधान गर्न सरकारसँग वार्ता गर्ने पनि उनले प्रतिबद्धता जनाए । यस्तै, उद्यमीलाई उद्योग स्थापना, भन्सार, कृषिसँग सम्बन्धित समस्या समाधानका लागि संसद्मा आफूहरूले निरन्तर आवाज उठाइरहेको जानकारी गराए । कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले उद्योगीको मनोबल उच्च बनाउने कार्य आफूले गरिरहेको बताए । सो कार्यक्रममा सुुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरू मोतीलाल दुगड, नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र स्थानीय उद्यमीहरूले भ्रष्टाचार नियन्त्रण गरी उद्योगलाई राज्यले संरक्षण गर्नुपर्ने सुझाव दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया