दोलखा । हिमाली जिल्ला दोलखाको व्यापार व्यवसाय सुस्त बन्दै गएको छ । आर्थिक मन्दी, कोभिड–१९लगायतका कारण यहाँको व्यावसायिक कारोबार बिस्तारै खस्किँदै गएको हो । जिल्लामा सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा समस्या आएपछि व्यवसायी मर्कामा परेका छन् । यस्तै, बैंक तथा वित्तीय संस्थालाई पनि ऋण लगानी उठाउन मुस्किल परेको छ । जिल्लामा पछिल्लो समय ६० प्रतिशत व्यापार घटेको स्थानीय व्यापारीहरू बताउँछन् । पाँच/छ वर्षअघिसम्म दैनिक लाखौँ कारोबार गर्ने व्यापारीलाई हिजोआज एक हजारको कारोबार गर्न मुस्किल परेको उद्योग वाणिज्य संघ मैनापोखरीका अध्यक्ष राजनकुमार दाहालले बताए । भूकम्पपछिको पुनर्निर्माणले केही सल्बलाएको बजार त्यसपछिको कोरोना महामारीले भने ठप्प भएको उनको भनाइ छ ।
कोरोनापछि दोलखामा पर्यटकको आगमनमा पनि कमी आएको छ । पर्यटकलाई लक्षित करोडौँ लगानीमा खोलिएका होटल तथा रेस्टुरेन्ट हिजोआज सुनसान छन् । यस्तै, घरजग्गा कारोबार पनि ठप्प छ । बजार सुस्त बनेर कारोबार नहुँदा जिल्लामा रहेका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाको कारोबार पनि घटेको छ । वित्तीय संस्थाहरू हिजोआज नयाँ ऋण लगानी गर्नेभन्दा पनि पुरानो कर्जा उठाउन केन्द्रित बनेका छन् । आम्दानी ठप्प बन्दै जाँदा यहाँका व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्ने भएपछि ऋण तिर्ने म्याद थप गर्न र ब्याज छुट दिने व्यवस्था गर्न माग गरेका छन् । बजार चलायमान नहुँदा ४० प्रतिशतभन्दा बढी सटर बन्द भइसकेका छन् भने व्यवसायीहरू पलायन भएका छन् ।
आर्थिक मन्दीले विश्वभर नै प्रभाव पारिरहेको यो समयमा धमाधम सटर खाली हुन थालेपछि बैंक तथा सहकारीमार्फत ऋण लिएर घर बनाएका कतिपय घरधनीहरूको घर लिलामीको प्रक्रियामा पुगेको छ । घरको कोठा र सटर भाडामा लगाएर ऋणको किस्ता भर्दै आएकाहरू व्यवसायीले सटर छोड्दै हिँड्न थालेपछि घर नै लिलाम हुने अवस्थामा पुगेको एक घरधनीले बताए ।
कृषि उत्पादनले पनि बजार पाउन सकेको छैन । आर्थिक मन्दीका कारण जिल्लाका बजारहरू सुनसान छन् । नेपाल राष्ट्र बैकले बजारलाई चलायमान बनाउन नयाँ नीति ल्याउन नसकेको यहाँका सरोकारवालाहरूको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- थाई एयर एसियाको उडान निलम्बित
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
- प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
- ‘कर्मचारी दर्पण’ लोकार्पण
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया