Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग


काठमाडौं । हिमालयन बैंकले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई २० लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गर्ने निर्णय गरेको हो । बैंकले प्रदान गरेको उक्त रकम अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने अस्पतालले जानकारी दिएको छ ।

अस्पतालमा बिहीबार आयोजित एक समारोहकाबीच उक्त रकम प्रदान गर्ने सहमति भएको हो । सो समारोहमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गरेका हुन् । सो अवसरमा अस्पतालका निर्देशक डा युवानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मी, बैंकका महाराजगञ्ज शाखाका प्रमुख अभय बहादुर शाहलगायत बैंकका र अस्पतालका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरूमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अतिआवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताए । अस्पताल विकास समितिका अध्यक्ष गौतमले बैंकले कान्ति बाल अस्पताललाई प्रवेशद्वार निर्माण तथा उद्यानको सौन्दर्यीकरणको लागि गरेको आर्थिक सहयोगको लागि धन्यवाद व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया