Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनको मौका छोपेर हुण्डी कारोबार

लकडाउनको मौका छोपेर हुण्डी कारोबार


काठमाडौं, वैशाख २१
विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड–१९) को महामारी नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेको लकडाउको समयमा हुुण्डी कारोबार गर्ने दुुई जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १३ टंकेश्वर र काठमाडौं महानगरपालिका १२ स्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुुई जनालाई नगद २४ लाख २१ हजार रुपैयाँसहित शनिबार बिहान पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बाग्लुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उक्त रकममध्ये गुप्ताको साथबाट छ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ बरामद भएको हो ।

उक्त स्थानमा हुण्डी कारोबार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोबारमा संलग्न उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x