Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको उत्कृष्ट ब्याजदरसहितको निक्षेप योजना

समृद्धि फाइनान्सको उत्कृष्ट ब्याजदरसहितको निक्षेप योजना


काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले समृद्धि बचत धमाकाको योजना अघि ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले आफ्नो बचतलाई ७१ महिना पाँच दिनमा दोब्बर, एक सय १२ महिना २३ दिनमा तीन गुणा, एक सय ६५ महिना छ दिनमा पाँच गुणा र दुई सय १३ महिना १३ दिनमा आठ गुणासम्म बढाउन सक्ने बताइएको छ । साथै, रेमिट्यान्स बचत धमाका योजनाअन्तर्गत बचतकर्ताले आफ्नो बचतलाई ६५ महिना २८ दिनमा दोब्बर, ८९ महिना १४ दिनमा तीन गुणा, एक सय ३४ महिनामा पाँच गुणा र एक सय ६८ महिना २१ दिनमा आठ गुणासम्मको उच्चतम प्रतिफल पाउन सक्ने बताइएको छ ।

त्यस्तै, समृद्धि फाइनान्सले बचत तथा मुद्दती खातामा पनि उच्चतम ब्याज दिइरहेको बताएको छ । बचतमा १० प्रतिशतसम्म र मुद्दतीमा १२ दशमलव ५० प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको संंस्थाले जनाएको छ । संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस् भनेर अधिकतम ब्याजको योजना अघिसारेको बताएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । यसका अतिरिक्त आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू समेत प्रदान गरिरहेको फाइनान्सले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया