Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले जित्यो ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

एनसेलले जित्यो ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जित्न सफल छ । एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरीअन्तर्गत यो अवार्ड २०२३ बाट सम्मानित भएको हो ।

राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्डका निर्णायक मण्डलका सदस्य आशीष तिवारीले एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिलाई सो अवार्ड प्रदान गरेका थिए । यो अवार्डले कम्पनीले सेल्स तथा मार्केटिङ कार्यसम्पादनमा देखाएको निरन्तरको उत्कृष्टतालाई झल्काउने दाबी गरेको छ । कम्पनीका अनुसार यो अवार्ड कम्पनीले उत्कृष्ट बिक्री नतिजा प्राप्तिका लागि गरेका प्रयासहरू, बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षाअनुसार निरन्तर गरेका कार्यहरूको सम्मान रहेको जनाएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले कम्पनीले सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिँदै ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न जारी राख्ने बताए । विभिन्न विधाअन्तर्गतका अवार्ड विजेताहरू निश्चित मापदण्डभित्र रही निर्धारण गरिएका थिए । अवार्ड समारोह ग्रोथ सेलर्स प्रालिको स्वायत्त सहायक संस्था ग्रोथ लिडरसिप एकेडेमीले आयोजना गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया