Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमितेरी डेभलपमेन्ट बैंकको खुद नाफा बढ्यो

मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा बढ्यो


काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा बढेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० मा १६ करोड दुई लाख ९९ हजार पाँच सय २० रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा १४ करोड ७८ लाख ५३ हजार दुई सय ९८ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब एक करोड ५० लाख एक हजार चार सय ३७ रुपैयाँ रहेको बैंकले आव २०७९/८० मा छ अर्ब ५० करोड ६८ लाख ८६ हजार तीन सय ३२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २१ करोड ४६ लाख ६० हजार तीन सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३४ करोड ८५ लाख २१ हजार सात सय ७८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १४ करोड तीन लाख ४६ हजार नौ सय दुई रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ६० प्रतिशत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया