काठमाडौं, वैशाख २१
नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा रहेका विदेशी पयर्टकहरु फर्किने क्रम जारी छ । यही क्रममा शनिबार ५४ देशका तीन सय नौ जना पर्यटकहरु काठमाडौंबाट आआफ्नो मुलुक फर्किएका छन् । पर्यटन बोर्डका अनुसार विदेशीहरु आफ्नो मुलुक फर्किने क्रममा फ्रान्ससहित युरोपेली मुलुक, अमेरिका, दक्षिण अफ्रिका, इजरायल, क्यानडा तथा अष्ट्रेलियाका नागरिकहरु आफ्ना मुलुक फर्किएका हुन् । त्रिभुवन विमानस्थलका अनुसार ती पर्यटकहरु लिन कतार एयरवेजको वाइडबडी विमान दिउँसो ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो ।
सो विमान १२ बजेर ५५ मिनेट जाँदा कतारको लागि उडेको विमानस्थलका एक अधिकारीले आर्थिक दैनिकलाई जानकारी दिए । ती अधिकारीका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सो जहाज काठामाडौंबाट कतारको दोहा हुँदै पेरिसको लागि उडेको हो । विभिन्न मुलुकका नागरिक भएको हुँदा विमान कतार ट्रान्जिट भएर आफ्नो गन्तव्यतर्फ लाग्ने उनको भनाइ छ । पर्यटक लिनका लागि विमान भोलि पनि आउने विमानस्थलले जानकारी दिएको छ ।
यसैबीच, हिमालय एयरलाइन्स पनि शनिबार नै चीन गएको छ । साँझको साढे ४ बजे हिमालय एयरलाइन्स कार्गो सामग्री लिनको लागि चीनतर्फ गएको हो । विमान आइतबार बिहान ७ बजे काठमाडौं फर्किनेछ । कोरोना भाइरकसको कारण अन्तर्राष्ट्रिय उडान ठप्प भएको समयमा पनि त्रिभुवन विमानस्थलमा चार्टर विमानहरु आउने क्रमले भने निरन्तरता पाएको छ । विशेष गरी पर्यटकहरु आफ्ना मुलुक फर्किन र औषधिजन्य सामग्री ल्याउनको लागि विमानहरुले काठमाडौं हुँदै विभिन्न मुलुकमा उडान भरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया