Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअग्रवाल सेवा समितिको अध्यक्षमा गिरीधारी

अग्रवाल सेवा समितिको अध्यक्षमा गिरीधारी


काठमाडौं । अग्रवाल सेवा केन्द्रको १७ औँ वार्षिक साधारणसभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिलकुमार धानुका, सुबोधकुमार गाडिया र रमेशकुमार अग्रवाल चयन भएका छन् ।

यस्तै, मानार्थ उपाध्यक्षमा सुमितकुमार अग्रवाल र राम अवतार टाइवाला निर्वाचित भए । १२ सदस्यीय पदाधिकारीको महासचिवमा पंकज जलान, कोषाध्यक्ष अरुण डोकानियाँ र सचिवमा भरतकुमार सुद्रानिया एवम् श्यामसुन्दर सुल्तानिया चयन भएका छन् ।

यस्तै, सहकोषाध्यक्ष ऋषिकुमार अग्रवाल चयन भएका छन् । अग्रवाल सेवा समाजले सामाजिक र धार्मिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । समाजले भूकम्प प्रभावित जिल्लामा भवन निर्माणमा उल्लेख्य योगदान गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया