सुदूरपश्चिममा अपाङ्गता भएकाहरूले राहत नपाएको गुनासो
धनबहादुर जप्रेल
कञ्चनपुर, वैशाख २१
कोरोनाको संक्रमण रोक्नका लागि लकडाउन आह्वान गरिएको लामो समय भइसकेको छ । सर्वसाधारणलाई घरबाहिर निस्किन नदिएपछि उनीहको दैनिकी फेरिनुका साथै दैनिकी झन्झन् कष्टकर हुँदै गइरहेको छ । विशेष गरेर मजदुर वर्ग, विद्यार्थी, अपाङ्गता भएका व्यक्तिलगायतका व्यक्तिहरूको दैनिकी झन् कष्टकर भएको छ ।
विपन्न वर्ग, मजदुर वर्ग, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिहरूलाई खाद्यान्नको अभावले भोकमरी सिर्जना हुन थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा रहेका अपाङ्गता भएका व्यक्तिहरूले आफूहरूलाई कुनै पनि प्रकारको राहत अहिलेसम्म उपलब्ध नभएको र आफूहरू साह्रै समस्यामा परेको गुनासो गरेका छन् । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चि प्रदेशका अध्यक्ष उपेन्द्रबहादुर खडायतले लकडाउनको समयमा अपाङ्गहरू सबैभन्दा बढी प्रभावित भएको बताए ।
उनले अपाङ्गहरूले आफैँले सबै काम गर्न सम्भव नहुने र अरुको साहारामा काम गर्नुपर्ने । फेरि उनीहरूले दैनिकरूपमा विभिन्न सहयोगबाटै सहयोग वाफत गुजारा चलाउने, दैनिक ज्याला मजदुरी गरिखाने परिवारमा निकै समस्या परेको बताए । यसका साथै विभिन्न अपाङ्गहरूले विभिन्न प्रकारको औषधि सेवन गरिरहेकाहरूले औषधि नै नपाएको बताए । औषधि नपाउँदै लकडाउनले अकालमै ज्यान जाने अवस्था समेत सिर्जना हुनसक्ने अवस्था रहेको उनले बताए । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ घर भै वडा नम्बर ६ मा डेरा गरेर बस्ने श्रीमान् श्रीमती दुवै जना अपाङ्गता भएका प्रमानन्द भट्टले बेलौरी वडा नम्बर ६ को कार्यालयले निवेदन दिएको भए पनि राहत नदिएको बताए । उल्टै वडा अध्यक्षले तपाइँ जुन वडाको मतदाता हो सोही वडाबाट राहत दिन बताएको बताए ।
यस्तै बैतडीको सिगास गाउँपालिकाको राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष पठान सिंह बोहराले पनि गाउँपालिकाले वास्तविक पीडितहरूलाई भन्दा पनि आफ्ना आसेपासे र पहँचवालालाई मात्र राहत दिएको गुनासो गरे । गाउँपालिकामा रहेका सबै अपाङ्गहरूलाई अवस्था हेरेर राहत दिनुको सट्टामा आफ्ना पहुँचवालालाई मात्र राहत दिएको उनको भनाइ छ । यस्तै कैलालीको मोहुन्याल गाउँपालिकाका अपाङ्ग महासंघका प्रतिनिधि जितजंग शाही र घोडाघोडी नगरपालिकाका प्रतिनिधि ज्ञानेन्द्र बाँस्तोलाले पनि आफ्नो क्षेत्रका अपाङ्गहरूले राहत नपाएको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न प्रकारका अभाव तथा समस्याहरू भोगिरहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया