Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसपोर्ट लघुवित्तको खुद नाफा दुई करोड २७ लाख

सपोर्ट लघुवित्तको खुद नाफा दुई करोड २७ लाख


काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा दुई करोड २७ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ९७ लाख ८६ हजार सात सय ३० रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा ३० करोड ३३ लाख ७० हजार रुपैंयाँ निक्षेप संकलन गरी एक अर्ब ४६ करोड १६ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड दुई लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम शून्य रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८३ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले २६ करोड ९४ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ५८ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ९१ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ५६ लाख दुई हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात आठ दशमलव ५६ प्र्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया