Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदआरजी फुटसल प्रतियोगिताको उपाधि राजर्षि गुरुकुल र काठमाडौं वर्ल्डलाई

आरजी फुटसल प्रतियोगिताको उपाधि राजर्षि गुरुकुल र काठमाडौं वर्ल्डलाई


काठमाडौं । आयोजक राजर्षि गुरुकुल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तरस्कुल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । राजर्षि गुरुकुल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको हो ।

सल्लाघारीस्थित राजर्षि गुरुकुलको मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको ब्वाइजतर्फ फाइनलमा राजर्षि गुरुकुलले नेइबरहुड स्कुललाई २–१ ले पराजित गरेको थियो । निर्धारित समयको खेल २–२ को बराबरी भएपछि पेनाल्टीमा राजर्षि गुरुकुलले खेल जितेको हो । राजर्षि गुरुकुलका दिग्गज श्रेष्ठ फाइनल खेलको प्लेअर अफ दि म्याच घोषित भए । यस्तै, गर्ल्सतर्फ काठमाडौं वर्ल्ड स्कुलले फाइनलमा रातो बंगला स्कुललाई २–१ ले नै हरायो । निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि पेनाल्टीमा काठमाडौं वर्ल्ड स्कुलले बाजी मारेको हो । काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह फाइनल खेलको प्लेअर अफ दि म्याच बनिन् ।

प्रतियोगितामा ब्वाइजतर्फ नेइबरहुडका सुसन थापा मगर बेस्ट प्लेअर घोषित भए भने चेल्सी वर्ल्ड स्कुलका आदित्य शाह सर्वाधिक गोलकर्ता, राजर्षि गुरुकुलका दिगग्ज श्रेष्ठ उत्कृष्ट गोलकिपर चयन भए । राजर्षि गुरुकुलकै उर्जन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । अक्सफोर्डले फेयर प्लेको अवार्ड पायो । यस्तै, गर्ल्सतर्फ रातो बंगलाकी आहाना ढुंगाना उत्कृष्ट खेलाडी घोषित भइन् भने रातो बंगलाकै सान्वी कार्की सर्वाधिक गोलकर्ता र काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलकिपर घोषित भइन् । च्याम्पियन काठमाडौं वर्ल्ड स्कुलकै सरोज थापा उत्कृष्ट प्रशिक्षक चयन भए । चेल्सी वर्ल्ड स्कुललले फेयर प्ले अवार्ड पायो । राजर्षि गुरुकुलको आयोजनामा भएको प्रतियोगितामा विभिन्न २१ स्कुलका १९ ब्वाइज र ८ गर्ल्स गरी कुल २७ टोलीको सहभागिता थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया