Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकले कमायो ५५ करोड ३२ लाख

ज्योति विकास बैंकले कमायो ५५ करोड ३२ लाख


काठमाडौं । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा ५५ करोड ३२ लाख एक हजार एक सय ७४ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकले यस्तो नाफा ६७ करोड एक हजार एक सय ५२ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार आठ सय ८६ रुपैयाँ रहेको बैंकले आव २०७९/८० मा ६१ अर्ब १३ करोड ४४ लाख ७६ हजार तीन सय ८३ रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब १९ करोड ८७ लाख ९५ हजार ५३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ३६ करोड ८९ लाख १६ हजार छ सय ९२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २२ करोड ७८ लाख ८९ हजार दुई सय १८ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५८ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने बैंकले ५३ अर्ब ७९ करोड २९ लाख ९९ हजार आठ सय ४४ रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ३१ करोड ४५ लाख ९४ हजार सात सय ७३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब दुई करोड ६२ लाख ४५ हजार चार सय १४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा २९ करोड दुई लाख ८९ हजार चार सय ३४ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया