भारतलाई युएईद्वारा सात मेट्रिक टन चिकित्सा सामग्री सहयोग
नयाँ दिल्ली, वैशाख २१
कोभिड–१९ संक्रमणको महामारीसँग जुझ्न संयुक्त अरब ईमिरेट्स (युएई) बाट शनिबार भारतमा सात मेट्रिक टन चिकित्सा सामग्री ल्याइएको छ । भारतका लागि युएइका राजदूत डा. अहमद अब्दुल रहमान अल्बन्नाले शनिबार सामान हस्तान्तरण गर्दै भने, ‘युएईले कोभिड–१९ महामारीसँग जुझ्न राष्ट्रहरूलाई सङ्कटका समय स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने सामग्री सहयोग गर्न प्रतिवद्ध छ । भारतलाई युएईको सहयोगले दुई देशबीच लामो समयदेखि रहँदै आएको सहकार्य र गहिरो भाईचारा सम्बन्धको निरन्तरता दिँदै चिकित्सा सामग्री सहयोग गरिएको हो ।’
अल्बन्नाले थपे, ‘कोभिड–१९ विरूद्धको लडाई अहिले वैश्विक चिन्ताको प्राथमिक विषय बनेको छ र भाइरस हुनसक्ने अन्य देशहरूको प्रयासलाई सुदृढ पार्नु अत्यावश्यक हो भन्ने कुरामा हामी विश्वस्त छौं ।’ हालसम्म युएईले ३४ भन्दा बढी देशहरूलाई तीन लाख ४८ हजार स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ३ सय ४८ मेट्रिक टन भन्दा बढी सहयोग प्रदान गरिसकेको उनले बताए । कोभिड–१९ विरूद्धको लडाईमा चिकित्सकहरूको सुरक्षाका लागि आवश्यक पर्ने सामानको आपूर्ति गर्न यूएई इच्छुक रहेको उनले बताए ।
भारतमा हालसम्म ३७ हजार ३ सय ६६ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने एक हजार २ सयभन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा संक्रमितमध्ये करिब १० हजार व्यक्ति निको भई घर फर्किएका छन् भने २६ हजार १ सय ६७ जनाले देशभर विभिन्न अस्पतालहरूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सेवा लिइरहेका छन् । त्यस्तै यूएईमा १२ हजार ४ सय ८१ संक्रमित भएका छन् भने १ सय ५ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया