Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘टुरिस्ट बस नेपाल’ एप सुरु

‘टुरिस्ट बस नेपाल’ एप सुरु


काठमाडौं । पर्यटक बस व्यवसायीहरूको साझा संस्था टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले निर्माण गरेको ‘टुरिस्ट बस नेपाल’ एप्सको शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक कार्यक्रमका बीच सो एपको शुभारम्भ गरेका हुन् ।

एप सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले पर्यटन ऐन संशोधनमा मन्त्रालय लागेको बताए । यस्तै, कार्यक्रममा उनी नेपाल पर्यटन बोर्डविरुद्ध खनिएका थिए । कार्यक्रममा उनले बोर्डको बजेट सुधार नगरेसम्म पास नगर्ने चेतावनी दिए । ‘पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न सकिँदैन, बोर्डको बजेट कमिसनको दुनो सोझ्याउनका लागि तत्काल आउन सक्दैन’, उनले भने । भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको भन्दै उनले पर्यटन क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको बताए । पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गरेको उनको आरोप छ । पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महँगो सामानहरू ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको उनले बताए ।

कार्यक्रममा टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसमा ओहोरदोहोर गर्ने स्वदेशी तथा विदेशी यात्रुले सहजै अनलाइनमार्फत टिकट काट्न सकून् भन्ने उद्देश्यले एप सञ्चालनमा ल्याइएको बताए । काठमाडौंदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर जाने पर्यटक बसका यात्रुले मोबाइल एपमार्फत टिकट काट्न पाउनेछन् । टिकट काट्नका लागि टिवानले खल्ती, आईएमई पे, प्रभु पेसँग सहकार्य गरेको छ । हाल काठमाडौंबाट दैनिक झण्डै एक सय पर्यटक बस देशका विभिन्न पर्यटकीय क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया