त्रिभुवन विमानस्थलमा हृयाम्सको निःशुल्क स्वास्थ्य सेवा
काठमाडौं । ह्याम्स अस्पतालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र ह्याम्स अस्पतालबीच विमानस्थलमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको हो ।
विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीलाई जुनसुकै समयमा पर्ने आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्न उच्चस्तरीय क्लिनिक स्थापना गरी सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ । इमर्जेन्सी क्लिनिकमा चौबीसै घण्टा एक डाक्टर र एक नर्सले ‘स्ट्रङ इमर्जेन्सी ब्याकअप’सहित सेवा प्रदान गरिने ह्याम्सका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए ।
अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सेवा प्रदान गरिने भण्डारीले बताए । विमानस्थलमा इमर्जेन्सी सेवापछि थप उपचार गर्नुपरे ह्याम्स हस्पिटलसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भण्डारीले जानकारी दिए । सम्झौताअनुसार विमानस्थलमा ह्याम्स हस्पिटलको एम्बुलेन्स चौबिसै घण्टा उपलब्ध हुनेछ ।
सम्झौताअनुसार विमानस्थलमा ह्याम्स हस्पिटलले क्लिनिक सञ्चालन गर्न आवश्यक स्थान नागरिक उड्ययन कार्यालयले निःशुल्क उपलब्ध गराउने बताइएको छ । हस्पिटलको तर्फबाट हवाई यात्रु तथा विमानस्थल कर्मचारीका लागि स्वास्थ्य जाँच, प्राथमिक स्वास्थ्य उपचार, आपतकालीन सेवाअन्तर्गत अचानक हृदयघात हुँदाको अवस्थामा एईडी सेवाले यात्रु तथा कर्मचारीलाई थप सहज हुने सम्झौतापत्रमा उल्लेख छ । यो सम्झौता तीन वर्षका लागि गरिएको हो ।
यस्तै, जहाज दुर्घटना हुँदाको अवस्थामा उद्धारमा तत्काल उपस्थिति र स्वास्थ्य शिविरलगायतको व्यवस्थाले यात्रु तथा कर्मचारीलाई थप सुविधा प्राप्त हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । सम्झौता पत्रमा ह्याम्सको तर्फबाट वरिष्ठ निर्देशक सची रेग्मी र विमानस्थलको तर्फबाट कर्पोरेट महाशाखा प्रमुख नारायणी देवी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया