काभ्रे वैशाख २१
जिल्लाको बनेपा नगरपालिका क्षेत्रमा रहेका मजदुरहरुलाई राहत वितरण गरेको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर शुक्रबार अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा समितिको पहलमा द बर्गर हाउस एण्ड क्रण्ची फ्राइट चिकेनले मजदुरलाई राहत वितरण गरिएको हो । वाग्मती प्रदेशका प्रदेशसभा सदस्य बसुन्धारा हुमागाईले महासंघ र द बर्गर हाउसले राहत वितरण गरेर श्रमजीवी मजदुरको पक्षमा कोही छ भन्ने सन्देश दिएको बताए ।
महासंघ बनेपा समिति र द बर्गर हाउसले प्रदेश सभा सदस्य हुमागाईको विशेष उपस्थितमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई लक्षित गरी राहत वितरण गरेका हुन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक गुजारा गर्नुपर्ने मजदुरहरुमा खाद्यान्न अभाव भएकोले राहत वितरण गरिएको महासंघ बनेपा समितिका इन्चार्ज राजन अधिकारीले जनाकारी दिए । उनका अनुसार मजदुरहरुलाई १५ केजी चामल, दुई केजी दाल, हाप लिटर तेल, एक पोका नुन र दुई वटा साबुन लगायतका सामाग्री वितरण गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया