नेपाल बैंक र एसियाली विकास बैंकबीच व्यापार वृद्धिको लागि साझेदारी
काठमाडौं । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंकसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंकसँग एडीबीको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स कार्यक्रमअन्तर्गत सम्झौता गरेको हो ।
कार्यक्रमले व्यापार वित्तीयको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्र्राष्ट्रिय व्यापार र विकासलाई टेवा पु-याउने छ । २०२२ मा एडीबीले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारमार्फत सात दशमलव सात बिलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारका व्यवसाय रहेका थिए ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडसँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैंक भएको छ र यो सम्झौताले दुई सयभन्दा बढी देशबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्नेछ । नेपाल बैंक लिमिटेडको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रमा व्यापक छलफल र सहकार्यपछि एसियाली विकास बैंकसँग यो सम्झौता हुन सम्भव भएको हो ।
सम्झौतामा एडीबीका टीएससीएफपीका प्रमुख स्टिभन बैैंक, नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री कृष्णबहादुर अधिकारीले ‘हामी एसियाली विकास बैंकसँग व्यापार वित्तीय सम्झौता गर्न पाउँदा खुसी छौं र हामीले साना तथा मध्यम प्रकृतिका व्यवसायीबीच हाम्रो उपस्थितिलाई अझ बढाउँदै हाम्रा ग्राहकको व्यापारिक गतिविधिलाई सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर छौँ’ भन्ने धारण व्यक्त गरे । उक्त समारोहमा एडीबी नेपाल रेसिडेन्ट मिसनका प्रमुख अर्नाउड हेकमनको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया