Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपठाओकोे ‘रेस्टुरेन्टको दाममा घरमै खाम’

पठाओकोे ‘रेस्टुरेन्टको दाममा घरमै खाम’


काठमाडौँ । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले अबदेखि निःशुल्क फुड डेलिभरी सुरु गरेको छ । ‘रेस्टुरेन्टको दाममा घरमै खाम’ भन्ने नाराका साथ पठाओले बिहान ९ बजेदेखि मध्यरात १२ बजेसम्मका सबै फुड अर्डरहरू निःशुल्क डेलिभरी सुरु गरेको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए ।

पठाओ नेपालले सेप्टेम्बर २४ मा आफ्नो पाँचौँ वार्षिकोत्सव मनाउँदै छ । आफ्नो वार्षिकोत्सवलाई लक्षित गर्दै कम्पनीले वार्षिकोत्सव महिनाको पहिलो दिन निःशुल्क डेलिभरी योजना सार्वजनिक गरेको हो । यो महिना अरू पनि विभिन्न योजना र सहुलियत सार्वजनिक गर्ने कम्पनीको योजना छ । बिहान ९ बजेदेखि राति ३ बजेसम्म फुड डेलिभरी गर्दै आएको पठाओ फुडले मध्यरात १२ बजेदेखि तीन बजेसम्म (तीन घण्टा) अवधिको फुड डेलिभरीमा भने १५० रुपैयाँ शुल्क लिनेछ । गत जुन १० देखि जुन ३० सम्म कम्पनीले फुड फेस्ट सम्पन्न गरेको थियो । त्यस क्रममा कम्पनीले डेढ लाखभन्दा बढी अर्डर डेलिभरी गरेर फुड डेलिभरीमा नयाँ रेकर्ड कायम राखेको थियो । सो फुड फेस्टपछि कम्पनीको दैनिक अर्डर पनि बढेको थापाले जानकारी दिए ।

फुड फेस्टबाहेक पनि पठाओ फुडले हरेक दिनजसो विभिन्न अफरहरू ल्याएर आफ्ना सेवाग्राहीलाई विभिन्न छुट दिइरहेको छ । कम्पनीले छ सयभन्दा बढी रेस्टुरेन्टबाट सेवा प्रदान गरिरहेको पठाओ फुडले ग्राहकलाई सबैभन्दा छिटो डेलिभरी गरिरहेको कम्पनीको दाबी छ । नेपालमा सन् २०१८ को सेप्टेम्बर २४ देखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्ट ९ देखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो ।

सन् २०२० सेप्टेम्बर २४ मा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो । त्यस्तै, सन् २०२१ जुन १३ बाट ग्रोसरी सामान डेलिभरी गर्दै ‘पठाओ बजार’ पनि सुरु गरेको पठाओले सन् २०२३ अगस्ट ९ देखि पठाओ पार्सल सुरु गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया