अग्नि ग्रुपद्वारा ‘ट्रियो झोर डी भी’ नेपालमा
काठमाडौँ । नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले नेपालमा ‘ट्रियो झोर डी भी’ सार्वजनिक गरेको छ ।
कम्पनीले नेपाल इभी इन्टरनेसनल सोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डी भी’लाई सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ट्रियो झोर डी भी एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–ह्विलर डेलिभरी भ्यान हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गर्दै सोही समयमा नयाँ इलेक्ट्रिक थ्री–ह्विलर ट्रीयो झोर डेलिभरी भ्यानको पनि उद्घाटन गरेका थिए ।
महिन्द्रा ट्रियो झोर डी भीलाई उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ विकसित गरिएको कम्पनीले जनाएको छ । अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधि जस्ता हाइलाइटका साथ, ट्रियो झोर डेलिभरी भ्यान गेम चेन्जर हुन तयार भएर आएको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
- हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड
- संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने
- जेष्ठ नागरिकको अवस्था
- नेपालको वैदेशिक व्यापारमा चुनौतीहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया