छिमेक लघुवित्तको मुनाफा एक अर्ब छ करोड
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा एक अर्ब छ करोड १९ लाख २६ हजार दुई सय ३३ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ९४ करोड ७२ लाख २२ हजार ७३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई अर्ब ८३ करोड ५४ लाख दुई हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा ३० अर्ब ७१ करोड ६६ लाख १३ हजार दुई सय ८३ रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ३६ लाख नौ हजार चार सय ७६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ८५ करोड ३४ लाख ८० हजार पाँच सय ७० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा एक अर्ब ४५ करोड एक लाख ३४ हजार पाँच सय ४३ रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने पाँच दशमलव ७५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले २७ अर्ब एक करोड ९४ लाख ६१ हजार पाँच सय ५५ रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब सात करोड ४० लाख २० हजार पाँच सय ९१ रुपैयाँ रहेको थियो । उक्त अवधिमा दुई अर्ब ४९ करोड ६० लाख ९३ हजार पाँच सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थामा शून्य दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा वितरणयोग्य नाफा एक अर्ब २० करोड ६४ लाख एक हजार नौ सय ४६ रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने पाँच दशमलव १४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया