Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकासराबलका गाउँपालिकाका २५ परिवारलाई जग्गा

सराबलका गाउँपालिकाका २५ परिवारलाई जग्गा


काठमाडौं । नवलपरासी (पश्चिम) जिल्लाको सरावल गाउँपालिका वडा नं ३ का २५ भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सोमबार एक कार्यक्रमका बीच उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेकी हुन् । कार्यक्रममा उनले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट बञ्चित हुनुनपर्ने बताइन् । उनले भनिन्, ‘सरकारले भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्दै आएको छ । संविधानले दिएको अधिकारअनुसार अब कोही पनि नेपाली नागरिक भूमिहीन हुनुपर्दैन ।’ यस्तै, उनले देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्बासीहरू रहेकाले सुकुम्बासीका समस्या समाधान गर्न तीव्र गतिमा अभियान नै चलाउने बताइन् ।

‘यो देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्बासीहरू हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेकी छु’, उनले भनिन्, ‘मैले नेतृत्व सम्हालेदेखि देशका विभिन्न स्थानका भूमिहीनलाई जमिन उपलब्ध गराउनका निम्ति द्रूत गतिमा काम भइरहेको छ । जसको नतिजा आजदेखि देखिँदैछ । आजदेखि यस पालिकामा पनि औपचारिक रूपमा हामीले भूमिहीनलाई पुर्जा वितरण सुरु गर्यौँ, यस अभियानले देशभर निरन्तरता पाउने नै छ ।’ भूमिहीन दलित सुकुम्बासीलाई भूमिमाथिको पहुँच पु-याउने उद्देश्यका साथ तीन तहका सरकारको सहकार्यमा कार्यक्रम अघि बढिरहेको बताइन् ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया