काठमाडौं । देशको कुल वार्षिक बजेट नै सत्र/अठार खर्ब भएको त्यसमध्ये कुल वार्षिक राष्ट्रिय खर्च १३/१४ खर्ब रहेको देशमा घरजग्गामा बैंकहरूको लगानीको अंक छ खर्ब हुन्छ भने त्यो कति तर्कसंगत हो भन्ने एकपटक सोच्नुपर्छ । घरजग्गा यस्तो ठाउँ हो जहाँ जतिसुकै लगानी गरे पनि लाभान्वित हुने व्यक्ति संख्या एकदमै सानो हुन्छ । एउटै व्यक्तिलाई खर्बको ऋण दिइए पनि त्यसले कुनै अर्को कारोबार गराउन सक्दैन । रोजगारीको हिसाबले हेर्दा पनि अर्बका अर्ब लगानी भएको जग्गाको रखवाल गर्ने एउटा वा दुईवटा व्यक्तिले रोजगारी पाउँछन् । नामैले घरजग्गा शीर्षक रहेको हुँदा त्यहाँ कुनै वस्तुको उत्पादन हुने सम्भावना रहँदैन । त्यसकारण नै राज्यले यस्तो कर्जालाई अनुत्पादक भनी पहिचान गरेको हुनुुपर्छ । यस्तो ठाउँमा यति ठूलो रकम लगानी भएको छ भने स्वाभाविक छ । त्यसले अर्को उत्पादनमूलक क्षेत्रमा प्रभाव पार्छ नै । कि उनले चाहेको बेला कर्जा पाउँदैनन् कि ब्याजदरमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसकारण पनि यस्तो ऋण प्रवाहका बारेमा राज्यले गम्भीरतापूर्वक सोच्न आवश्यक हुन्छ भनिएको होला ।
नेपाल राष्ट्र बैंकबाट प्रक्षेपित पछिल्लो विवरणअनुसार हाल सञ्चालनमा रहिरहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा व्यक्तिगत आवास र रियलस्टेट क्षेत्रमा कुल पाँच खर्ब ९८ अर्ब ३१ करोड ३० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये व्यक्तिगत आवासतर्फ तीन खर्ब ४८ अर्ब ७२ करोड ५० लाख रूपैयाँ र व्यावसायिक घरजग्गा कारोबारमा दुई खर्ब ४९ अर्ब ५८ करोड ८० लाख रूपैयाँ ऋण प्रवाह भएको छ । यो रकम कुनै कृषि उत्पादन वा अरू कुनै औद्योगिक उत्पादनका क्षेत्रमा प्रवाह हुन पाएको थियो भने त्यसले देशको अर्थतन्त्रलाइ नै चलायमान बनाउने थियो । अनुत्पादक मानिएको यो क्षेत्रमा यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको यस्तो लगानी निरन्तर रहँदै आएको पाइन्छ । जस्तो आर्थिक वर्ष २०७९/८० मा घरजग्गा क्षेत्रमा प्रवाह गरेको उल्लेखित अंकको कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ अर्ब २५ करोड ९० लाख रूपैयाँले मात्रै बढी हो । अघिल्लो वर्ष पाँच खर्ब ६६ अर्ब पाँच करोड ५० लाख रूपैयाँ लगानी भएको थियो । त्यसमा व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ३७ अर्ब ७९ करोड ९० लाख र रियलस्टेटमा दुई खर्ब २८ अर्ब २५ करोड ५० लाख रूपैयाँ लगानी भएको थियो ।
यो ठाउँमा याद गर्नुपर्ने कुरा के छ भने केही समयअघि बैंकबाट सहज ऋण नपाइएको, ब्याजदर अति नै महँगो भएकोजस्ता कारण देखाउँदै उत्पादन क्षेत्रका उद्यमीहरू सरकारको ध्यानाकर्षण गराउन सडकमा नै उत्रिएका थिए । विगत केही वर्षदेखि नै बैंक तथा वित्तीय संस्थाहरूको आकर्षक लगानीको क्षेत्र नै घरजग्गा हुने गरेको थियो । त्यहाँबाट रहलपहल रहेको मात्र अन्यत्र आउने गरेका अन्य व्यवसायीको गुनासो रहँदै आउने गरेको छ । कर्जा प्रवाह गर्ने संस्थाका लागि घरजग्गा निकै आकर्षक मानिन्छन् । यो ठाउँमा ऋण खराबमा परिणत हुने जोखिम अन्यको तुलनामा निकै थोरै हुन्छ । त्यसकारण उनले आफू सुरक्षित रहेर ऋण प्रवाह गर्ने ठाउँमध्येमा या निश्चय नै आकर्षक क्षेत्र नै हो । तर राष्ट्रका लागि त यो अनुत्पादक नै हो । पछिल्लो समय कर्जा प्रवाहमा कमी आएका भन्ने समाचार आइरहेका छन् । यो सन्दर्भमा पनि यो घरजग्गा कर्जालाई जोडेर हेर्नुपर्छ । सम्बन्धित निकायको ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया