Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेट अधिवेशन वैशाख २६ मा

बजेट अधिवेशन वैशाख २६ मा


काठमाडौं, वैशाख २२
सरकारले यही वैशाख २६ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । लकडाउन सकिने भोलिपल्ट बजेट अधिवेशन सुरु हुनलागेको हो । सरकारले २५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको छ । लकडाउन थप गर्ने वा खोल्नेबारे सरकारले थप निर्णय भने लिएको छैन ।

प्रधानमन्त्री निवास बालुुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । नेपालको संविधानअनुसार सङ्घीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधानअनुरुप बजेट अधिवेशनका निम्ति सिफारिस गरिएको हो ।

जेठ १५ अगावै पूर्व–बजेट छलफल गर्ने परम्परा छ । नयाँ संविधान जारी भएयता पूर्व–बजेट छलफलका लागि वैशाखको दोस्रोतिर बजेट अधिवेशन आह्वान हुने गरेको थियो तर यो वर्ष कोरोना भाइरसका कारण उत्पन्न जनस्वास्थ्यसम्बन्धी गम्भीर समस्याका कारण सरकारका नीति तथा कार्यक्रम र पूर्वबजेट छलफल अपेक्षाकृत पर्याप्त मात्रामा हुन नसक्ने परिस्थिति सिर्जना भएको छ । पूर्व–बजेट र नीति तथा कार्यक्रममाथिको छलफलको अवधि कम गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारीमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग लागिपरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x