थप ११ कम्पनीले पाए धितोपत्र कारोबार सदस्यता
काठमाडौँ, नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ । सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा यी कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिएको हो ।
नयाँ सदस्यता पाउने कम्पनीमा गरिमा सेक्युरिटिज लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, इन्दिरा सेक्युरिटिज प्रालि, आकाशभैरव सेक्युरिटिज लिमिटेड, एनएमबी सेक्युरिटिज लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेड रहेका छन् । त्यस्तै मिल्की वे शेयर ब्रोकर कम्पनी लिमिटेड, क्यापिटल हब प्रालि, स्टक्स्कार्टस सेक्युरिटिज लिमिटेड, एसपीएसए सेक्युरिटिज लिमिटेड र ब्लु चिप सेक्युरिटिज लिमिटेडले अनुमति पाएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले गत असार २१ गते सात, गत साउन १२ गते सात, र साउन १९ गते तीन वटा कम्पनीलाई यस्तो सदस्यता दिएको थियो । यसरी हालसम्म धितोपत्र दलालका रूपमा ६७ वटा कम्पनीले काम गरिरहेकामा अब थप ११ वटा व्यवसायी थपिएका छन् ।रासस
क्याटेगोरी : शेयर बजार, समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया