काठमाडौं । पदमा पुगेपछि मान्छे अन्धो हुन्छ भन्ने त पहिले–पहिलेका कविहरूको सिर्जनामा पढ्न पाइन्थ्यो । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ शीर्षकको कविता विश्वविद्यालयको विभिन्न तहमा पढ्न पाइन्छ । कुनै पनि सरकारी उच्च जिम्मेवारीलाई जति मर्यादापूर्वक चलायो, त्यसले सम्बन्धित पदाधिकारीलाई त्यत्तिकै सम्मानित बनाउँछ भन्ने धेरै उदाहरण भेट्न सकिन्छ । त्यसरी चलाइएन भने त्यसले सम्बन्धित पदाधिकारीको व्यक्तित्वमाथि नै क्षति पु¥याउने गर्छ । यसको पछिल्लो उदाहरण काठमाडौं महानगरपालिकाका प्रमुख नै भएका छन् । उनले काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा आफूलाई यसरी प्रस्तुत गरे, जसले देशको कुनै नियम कानुन मान्नुपर्दैन भन्ने दम्भ उनमा रहेको देखिन्छ । कसैले मान भन्छ भने त्यसलाई जलाएर खरानी बनाइदिने उनको धम्की उनको पदमा रहेका व्यक्तिले भन्न सुहाउने कुरा थिएन । एउटा सानो घटनामा उनले दिएको उत्तेजित अभिव्यक्तिले बोकेको यति ठूलो सन्देश काठमाडौं महानगरपालिकाको चौघेरामा मात्रै रहेको छैन, यो देशभर फैलिसकेको छ ।
देशकै सबैभन्दा ठूलो र अरू पालिकाको लागि पनि उदाहरणीय बनोस् भन्ने कामना गरिएको काठमाडौं महानगरपालिका प्रमुखको अहिलेको वचन जति आलोच्य बन्यो यो प्रथमपटक होइन । यी प्रमुख उनकै व्यवहारका कारण निर्वाचित भएको वर्ष दिनको अवधिमै दर्जनौं पटक आलोचनाको शिकार बनेका थिए । अहिलेको भिन्नता के भने देशका अरू निकायले आफू र आफ््ना परिवारलाई अरू सामान्य नागरिक सरह व्यवहार गरिनु अनुचित हो भन्ने मान्यता उनमा रहेको उनले सामाजिक सञ्जालमा प्रस्तुत गरेको अभिव्यक्तिमा देखिन्थ्यो । सार्वजनिक बिदाका दिनमा सरकारी गाडी चलाउन जुनसुकै निकायले पनि गृह मन्त्रालयको अनुमति लिनुपर्ने नियम छ । कतिसम्म भने राष्ट्राध्यक्षले समेत यसको पालना गर्नुपर्छ । त्यही नियम पालना भए÷नभएको र भएको रहेनछ भने पालना गराउने क्रममा गएको शनिबार महानगरपालिकाको गाडी पनि अरूजस्तै सोधपुछमा प¥यो । प्रहरीका अनुसार सो गाडी सोधपुछका लागि जम्मा एक मिनेट रोकिएको थियो । प्रहरीले त्यो गाडीको पहिले सेतो प्लेट मात्र देख्यो । पछि रोकेर सोधपुछ गर्दा कागजपत्र त पाइएन तर त्यसभित्र मेयर पत्नी सवार रहिछन् । यो बुझेपछि प्रहरीले पनि छाडिदियो । तर यी मेयरले यतिमै सिंहदरबारमा आगो लगाइदिने घोषणा गरे । मेयरले प्रतिक्रियामा सामाजिक सञ्जालमार्फत् आइन्दा महानगरपालिकाको गाडी फेरि रोकिएमा ‘सिंहदरबारमा आगो लगाउने’ भनेर लेखे । यो धम्कीमा गल्ती मेयरकै देखिन्छ । त्यता स्वर पनि उनकै ठूलो आयो ।
महानगरपालिकाको गाडी फेरि रोकिएमा ‘सिंहदरबारमा आगो लगाउने’ भन्ने मेयरको भनाइले महानगरपालिकाका गाडीलाई राज्यका अरू अर्थात् सम्बन्धित निकायले नियमन गर्न पाउँदैन भन्ने बुझाउँछ । यो भनेको अलग राज्य पाएको वा चलाएको ठानिएको अवस्था हो । देशका सबै स्थानीय निकायले यस्तै सोचाइ राखे भने के हुन्छ ? त्यसदिन सोधपुछमा परेको सवारी साधन गृह मन्त्रालयले मेयरका लागि उपलब्ध गराएको हो । तर त्यसमा सवारचाहिँ पत्नी थिइन् । त्यसै पनि यो ठाउँमा राज्यले दिएको सुविधाको दुरुपयोग भइसकेको छ । त्यसबापत मेयरले माफी माग्नुपर्ने हो, भयो उल्टो । त्यस्तो सवारीको सुविधा दिने मन्त्रालय नै यी मेयरको हातबाट आगजनीमा पर्ने धम्कीको शिकार भएको छ ।
निश्चय नै महानगरका मेयरको पद मर्यादाक्रममा विशिष्ठमा पर्नुपर्छ । त्यसकारण यो पद माननीय नै हो । यी पदाधिकारीले देशले व्यवस्था गरेको नियमकानुन मान्नुहुँदैन भन्ने होइन । अरू नागरिकभन्दा नियमकानुनमा अलग्गै पनि होइन । त्यसकारण यी पदाधिकारीमा जस्तो अहम् पैदा भयो, आइन्दा त्यस्तो नहोस् भनी आम नागरिकले नै जनप्रतिनिधिलाई झक्झक्याउनुपर्ने देखिन्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया