Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाको व्यापारघाटा बढ्यो

अमेरिकाको व्यापारघाटा बढ्यो


एजेन्सी । जुलाईमा अमेरिकी व्यापारघाटा बढेको छ । अमेरिकी वाणिज्य विभागका अनुसार जुलाईमा व्यापारघाटा बढेर ६५ अर्ब डलर पुगेको छ । जुनमा अमेरिकाको व्यापारघाटा ६३ अर्ब ७० करोड डलर थियो । आयात बढेका कारण व्यापारघाटा बढेको वाणिज्य विभागले जनाएको छ ।

विश्लेषकको अनुमानअनुसार यो व्यापारघाटा दोस्रो त्रैमासिकको औसतभन्दा कम छ । पछिल्लो तथ्यांकअनुसार आयात एक दशमलव ७० प्रतिशतले बढेर तीन खर्ब १६ अर्ब ७० करोड डलर पुगेको छ भने निर्यात एक दशमलव ६० प्रतिशतले बढेर दुई खर्ब ५१ अर्ब ७० करोड डलर पुगेको छ ।

विशेषगरी सेमीकन्डक्टरसँगै मोबाइल फोन र औषधिजन्य तयारी उपभोग्य वस्तुजस्ता सामानको आयात बढेको बुधबार सार्वजनिक प्रतिवेदनले देखाएको छ । अमेरिकी अर्थतन्त्रमा सुस्तताको संकेत देखिए पनि लचिलो उपभोक्ता खर्चले अमेरिकी व्यापारलाई बढावा दिन मद्दत गरेको छ ।

तर मुद्रास्फिति घटाउने र मागलाई सुस्त बनाउने उद्देश्यले केन्द्रीय बैंकले तीव्र ब्याजदर वृद्धि गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा तरङ्ग आउन सक्ने देखिएको छ । जुलाईमा सामानको निर्यातमा सवारीसाधन, पार्टपुर्जा र इन्जिनको निर्यात बढेको छ भने औद्योगिक आपूर्तिमा पनि वृद्धि भएको छ । अमेरिकाको चीनसँगको व्यापारघाटा जुलाईमा एक दशमलव दुई डलर बढेर २४ अर्ब डलर पुगेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया